दमक। सहयोगी हात नेपालले कोरोना महामारीसँगैको निषेधाज्ञामा खटिएका सुरक्षाकर्मीका लागि सहयोग गरेको छ । उसले दमक, केर्खा, चुलाचुली लगायतका प्रहरीहरुको लागि जारसहितको पिउने पानी, मास्क र सेनिटाइजर सहयोग गरेको हो ।
वितरण पछि संस्थाका अध्यक्ष छविलाल बाँसकोटाले यो विषम परिस्थितिमा जनमानसको निम्ति अहोरात्र खटिएका सुरक्षाकर्मी लाई केही मात्रामा राहत मिलोस भन्ने अभिप्रायले सहयोग गरेको प्रतिक्रिया दिनुभयो ।
सो संस्थाले दमकको डाँफेमुनाल चोक, ताराबारी प्रहरी विट,फाल्गुनन्द चोक प्रहरी विट, पाडाँजुगी प्रहरी विट केर्खा प्रहरी विट इलामको चुलाचुली प्रहरी चौकी तथा दमक कोभिड अस्पताल बेलडाँँगीमा पिउने पानी, जार, मास्क ,सेनिटाइजर वितरण गरेको छ ।
सो क्रममा संस्था अध्यक्ष छविलाल बास्कोटा, वरिष्ठ उपाध्यक्ष रमा लिम्बू , उपाध्यक्ष भानुभक्त खतिवडा सचिव रमेश अधिकारी कोषाध्यक्ष ख्यामराज अधिकरी, सल्लाहकार बिमल शर्मा,ताराप्रसाद अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।
२०७८, जेठ २