डोटी । पहिलो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ७ का चार जिल्लामा
वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । बझाङ, बाजुरा, बैतडी र दार्चुलामा
प्रतिनिधिसभा ४ र प्रदेशसभाका ८ गरी १२ वटै स्थान वाम गठबन्धनले हात पारेको
हो ।
दार्चुला प्रतिनिधिसभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेदवार
गणेशसिंह ठगुन्नाले २८ हजार नौ सय ९८ मत प्राप्त गरी बिजयी भएका छन । उनका
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिक्रमसिं धामीले २२ हजार दुई सय
३३ मत पाएका छन् ।
यस्तै प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार गेल्वुसिं बोहराले १६
हजार ५३ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका
मदन गिरीले १२ हजार पाँच सय ९८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ‘ख’ मा मानबहादुर धामीले १२ हजार ९ सय ५६ मत ल्यायी बाजी
मारेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९
हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए ।
बझाङबाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका भैरवबहादुर सिंह ३४
हजार ६ सय १२ मत ल्यायी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली
कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरे ।
प्रदेश सभा ‘क’मा एमालेका अर्जुन थापा १७ हजार आठ सय ६५ मत पाई बिजयी
भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रादेवी जोशीले १३
हजार एक सय ९७ मत प्राप्त गरेका थिए ।
प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकै देवकी मल्लले १६ हजार सात सय ४३ मत
प्राप्त गरी बिजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका
नरबहादुर सिंहले १४ हजार दुई सय ४२ मत प्राप्त गरेका छन् ।
बैतडी प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४
मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका
नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत प्राप्त गरे ।
प्रदेश सभा ‘क’मा माओबादी केन्द्रका प्रेम प्रकाश भट्ट ‘आदित्य’ले १८
हजार ९३ मत पाई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका
हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गरे ।
प्रदेश सभा ‘ख’मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका छन् । उनले २०
हजार ३ सय १८ प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका गणेश
चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गरेका थिए ।
बाजुरा प्रतिनिधि सभाका लागि वाम गठबन्धनका लालबहादुर थापाले २८ हजार ६५
मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली
कांग्रेसका कबिराज पण्डितले २३ हजार एक सय ८१ मत प्राप्त गरे ।
प्रदेश सभा ‘क’मा वाम गठबन्धनका बलदेव रेग्मीले ९ हजार ८ सय ४० मत ल्याई
बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८
हजार तीन सय ११ मत पाए ।
प्रदेश सभा ‘ख’मा वाम गठबन्धनकै प्रकाश शाहले १८ हजार एक सय ८६ मत
प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर
शाहीले १४ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् ।