Saturday, December 9, 2017
पूर्णबहादुर खड्काको अपराजित यात्रामा विराम
काठमाडौं । संसदीय निर्वाचनमा अपराजित नेताको कांग्रेस नेता पूर्णबहादुर खड्का पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा खड्कालाई हराउँदै एमालेका ध्रुब शाही विजयी भएका छन् ।
योसँगै खड्काको अपराजित यात्रमा पूर्णबिराम लागेको छ । कांग्रेसका पूर्व गृहमन्त्री रहेका खड्का ३३ हजार ३ सय ७७ ल्याउँदा विजयी उम्मेदवार शाहीले ३६ हजार ८५९ मत पाए ।
खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आएका थिए । ०६४को संविधानसभा निर्वाचनमा भने उनी चुनाव नै लडेका थिएनन् ।
२०७४ मंसिर २४
पाल्पा २ मा सोमप्रसाद पाण्डे विजयी
२४ मंसिर, तानसेन । पाल्पा प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट एमाले नेता सोमप्रसाद पाण्डे निर्वाचित भएका छन् । पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३४५ मतअन्तरले हराए । पाण्डे ३४ हजार ८९९ मतसहित विजयी हुँदा कांग्रेसका नेपाल २४ हजार ५५४ मतमा रोकिए ।
प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए ।
क्षेत्रनम्बर २ ‘ख’मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर ‘बसन्त’ १६ हजार ४२२ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेसका रामबहादुर कार्की ११ हजार ४९६ मत ल्याए । अनलाइन खबरबाट
२०७४ मंसिर २४
गुल्मीमा प्रदीप ज्ञवालीको कमव्याक, क्षेत्र नं. १ बाट निर्वाचित
गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट
प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप
ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी
भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए ।
ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । ज्ञवाली दोस्रो संविधानसभामा भण्डारीसँगै पराजित भएका थिए । त्यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा माओवादीका सुदर्शन बराल
निर्वाचित भएका छन् । बरालले १७ हजार ९ सय १० मत ल्याएर बिजयी भएका हुन् ।
बरालसँग कांग्रेसका पृथ फौजदारले १३ हजार २ सय ९९ मत ल्याएर पराजित भए ।
त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेका कमलराज श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर विजयी भए । श्रेष्ठसँग कांग्रेसका
धनेन्द्र कार्की १६ हजार ३ सय ७३ मत ल्याए । गुल्मीमा ०५१ साल पछि पुनः वामपन्थीमय बनेको छ । क्षेत्रनम्बर २ बाट शनिबारै गोकर्ण विष्ट निर्वाचित भएका थिए ।
२०७४ मंसिर २४
झापामा बामगठबन्धनको बिजयी सुरुवात
झापाको पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका उमेद्वार फराकिलो अन्तरले विजयी भएका छन् । गठबन्धनका उमेद्वार रहेका नेकपा एमालेका एलपी साँवा ४३ हजार ५ सय १५ मत प्राप्त गरि विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरे। कुल १ लाख ९ हजार ३ सय ९१ मतदाता रहेको सो क्षेत्रमा ७७ हजार ३ सय २५ मत खसेको थियो । साँवा २०७० सालको संविधान सभा निर्वाचनमा झिनो मतले नेपाली काँग्रेसका केशव कुमार बुढाथोकीसँग पराजित भएका थिए । उनी बैदेशिक रोजगार व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् ।
२०७४ मंसिर २४
Monday, December 4, 2017
डा. खगेन्द्र पाण्डव अधिकारीकाे प्रश्नः ‘अरुलाई टुरिष्ट देख्ने केपी ओलीले आफूले अाफैँलार्इ चाहिँ किन टुरिष्ट देख्दैनन्?’
उत्तम रिजाल, झापा। नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा तर्फका
उमेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले अरुलाई ‘टुरिष्ट’ देख्ने केपी
शर्मा ओली आफैँ टुरिष्ट भएको बताएका छन्।
विशेष संवाद गर्दै अधिकारीले भने, ‘कैलालीमा
डा. आरजु राणा देउवालाई टुरिष्ट देख्ने, यसै क्षेत्रमा चुनाव लड्दा गोपाल
किराँतीलाई टुरिष्ट देख्ने, वाम गठबन्धन बाहेकका अन्य उमेदवारलाई टुरिष्ट
देख्ने केपी ओली आँफै टुरिष्ट हुन्।’
कांग्रेस नेता अधिकारीले अाेली तेह्रथुमबाट
पृथ्वीनगरमा आएकाे उल्लेख गर्दै बसाइँ सरेर फेरि पछि दमक आएकाे बताए। उनले
अाेली अहिले भक्तपुरबासी भएकाे टिप्पणी गरेका छन्। ‘उनी चाँहि कसरी याे ठाउँका स्थानीय भए म
अचम्ममा परेको छु,’ अधिकारीले ओली दमकबाट भक्तपुर बसाइँ सरिसकेको र उनी २१
गतेको निर्वाचनमा भक्तपुरको बाल्कोटबाट भोट हाल्न उतै गइसकेकाले अरुलाई
टुरिष्ट देख्ने उनका आँखाले आफूँलाई चाँहि किन देखेन भनेर प्रतिप्रश्न गरे।
अधिकारीले वाम गठबन्धनबाट उमेदवारी दिएका
अन्य जिल्लाका नेतालाई ओली भोट माग्दै हिँडेको देख्दा अचम्म लागेको पनि
बताए। अधिकारीले नेपाली नागरिक देशको जुनसुकै क्षेत्रबाट लड्ने अधिकार भएको
पनि बताए। सरकारको नोकरबाट जनताको नोकर हुन आफूँले
उमेदवारी दिएको जनाउँदै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई भोट
दिन पनि अधिकारीले अपिल गरेका छन्।
उनले अहिले लोकतन्त्र धरापमा पार्ने
षड्यन्त्र भइरहेको पनि दावी गरे। अधिकारीले मुलुक अधिनायकवादतर्फ जानबाट
रोक्न लोकतन्त्र पक्षधरहरु एक हुने बेला आएको उल्लेख गरे। अधिकारीले आफू
यसै क्षेत्रको स्थायी बासिन्दा भएको र यहाँको हरेक विषय वस्तुको जानकार
भएको पनि बताएका छन्।
उनले आदिवासीहरुको चिहान भत्काएर आदिबासी
रंगशाला बनाउन गरिएको सहमति तोड्दै हजारौं आदिबासीहरुको अपमान गर्ने ओलीलाई
यस क्षेत्रका जनताले चिनिसकेको र त्यसको सजाय मंसिर २१ गते मतपत्रबाट दिने
बताएका छन्।
एक लाख ३७ हजार मतदाता रहेको झापा क्षेत्र
नम्बर–५ मा ९५ हजार मत खस्ने आँकलन गरेका अधिकारीले आफूले ५० हजार मत
ल्याएर जीत हात पार्ने दावी समेत गरेका छन्।
२०७४,मंसिर १८
२०७४,मंसिर १८
Saturday, November 18, 2017
प्रचण्डपुत्र प्रकाश दाहालको निधन
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि
काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन
भएको एक चिकित्सकले जानकारी दिए ।
पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती
चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी
दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता
पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्याएका दाहाललाई
डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए । दाहालको निधन भएको औपचारिक
घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
३ मंसिर २०७४, आईतवार
Subscribe to:
Posts (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२५ साउन/ अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ...