विर्तामोड युनाईटेडलाई पाखा लगाउँदै मोरङ्गको नर्थ राधानगर फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको फाईनल प्रबेश गरेको छ । उसले विर्तामोड माथी एक शुन्यको जीत निकालेको हो ।
निक्कै नै प्रतिस्पर्धात्मक रहेको खेलमा विजयी टिमका लागि म्यान अफ दि म्याच विवेक पौडेलले निर्णायक गोल गरे । जर्सी नम्बर ७ का पौडेलले दोश्रो हाफको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि एक शुन्यले पछि परेको विर्तामोडले खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा प्रतियोगिताको सेमिफाईनलबाटै बाहिरीएको छ । भोली अन्तिम सेमिफाईनलमा आयोजक चुलाचुली फुट्बल क्लब र फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुर आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरी १२ टिमको सहभागिता रहेको छ ।
Friday, December 25, 2020
विर्तामोडलाई पाखा लगाउँदै बेलबारी फाईनलमा
Thursday, December 24, 2020
वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक सेमिफाईनलमा
वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक चुलाचुली फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ ।
विजयी टिमका लागि म्यान अफ दि म्याच मल्दिनो आङ्गथुपोले निर्णायक गोल गरे । उनले पहिलो हाफको ५ औं मिनेटमा पेनाल्टि मार्फत गरेको गोल नै अयोजकलाई सेमिफाईनल पुग्न पर्याप्त भयो ।खेलको शुरुवातमै एक शुन्यले पछि परेको वाईएफसीले गोल गर्ने थुप्रै अबसर पाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि क्वाटरफाईनलबाटै घर फर्किएको छ ।
जितसँगै आयोजकले अब अन्तिम दुई प्रबेशका लागि फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुरसँग प्रतिस्पर्धा गर्नेछ । भोली प्रतियोगिताको पहिलो सेमिफाईनलमा विर्तामोड युनाईटेड झापा र बेलबारी फुट्बल क्लब मोरङ्ग आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।
दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् ।
Saturday, December 19, 2020
रियललाई पाखा लगाउँदै चात्यासा क्वाटर फाईनलमा
झापा, ४ पुस/ रियल स्टार फुट्बल क्लबलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउँदै चात्यासा फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।
निर्धारीत समय सम्म १–१ को बराबरी भएपछि भएको टाईब्रेकरमा चात्यासाले बाजी मारेको हो । उसका लागी सन्देश केसी, श्याम श्रेष्ठ, राहुल लिम्बु र प्रविन राईले गोल गरेका थिए ।
उता पराजित रियलका तर्फबाट अबिन लिम्बु, बिकास लिम्बु र बिकास माझीले गोल गरे । उसका रोशन धिमालको प्रहार भने चात्यासाका गोलरक्षक योगेश धिमालले बिफल तुल्याएसँगै चात्यासाले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
यसअघि खेलको ३२ औं मिनेटमा गोल गर्दै प्रबिन राईले चात्यासालाई अग्रता दिलाएका थिए भने किस्मत लिम्बुले दोश्रो हाफको १८ औं मिनेटमा गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलरक्षक योगेश धिमाल भए । चात्यासाले अब अन्तिम चार प्रबेशका लागी विर्तामोड युनाईटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
भोली भुट्निज युथ क्लब र वाईएफसी पथरीबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।
Friday, December 18, 2020
फुलबारी क्लबको विजयी शुरुवात
झापा, ३ पुस/ धरमपुरको फुलबारी स्पोर्टिङ्ग क्लबले झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी प्रतियोगितामा उसले मोरङ्गको इष्ट स्टार स्पोर्टिङ्ग क्लब मधुमल्लालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
विजयी टिमका लागि सुमन लिम्बु, अमन लिम्बु र पृतम लिम्बुले गोल गरेका थिए । जर्सी नम्बर ११ का सुमनले ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने जर्सी नम्बर १५ का अमनले २४ औं र जर्सी नम्बर ९ का पृतमले दोश्रो हाफको २१ औं मिनेटमा गोल गरेका थिए ।
पराजित टिमकातर्फबाट जर्सी नम्बर ३ का प्रबेश बस्नेतले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ६ का आशिष लावती घोषित भए । जीतसँगै फुलबारी प्रतियोगिताको क्वाटर फाईनल प्रबेश गरेको छ ।
अब उसले अन्तिम चार प्रबेशका लागि मंगलबार गछिया फुट्बल क्लब मोरङ्गसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार रियल स्टार फुट्बल क्लब र चात्यासा फुट्बल क्लबबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...

-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
४ असोज/ सर्लाही उत्तेजित प्रदर्शनकारीले मलंगवा –१० जिविस चोक स्थित एमाले सांसद कमलादेवी महतोको घर सोमबार आगजनी गरेका छन्। संविधान जलाउने ...