Saturday, December 9, 2017

प्रदेश ७ का चार जिल्लामा वाम गठबन्धनको क्लिनस्वीप

रामहरी ओझा

 

डोटी । पहिलो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ७ का चार जिल्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधिसभा ४ र प्रदेशसभाका ८ गरी १२ वटै स्थान वाम गठबन्धनले हात पारेको हो ।

दार्चुला प्रतिनिधिसभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेदवार गणेशसिंह ठगुन्नाले २८ हजार नौ सय ९८ मत प्राप्त गरी बिजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिक्रमसिं धामीले २२ हजार दुई सय ३३ मत पाएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार गेल्वुसिं बोहराले १६ हजार ५३ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार पाँच सय ९८ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा ‘ख’ मा मानबहादुर धामीले १२ हजार ९ सय ५६ मत ल्यायी बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए ।

बझाङबाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनका भैरवबहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्यायी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरे ।
प्रदेश सभा ‘क’मा एमालेका अर्जुन थापा १७ हजार आठ सय ६५ मत पाई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रादेवी जोशीले १३ हजार एक सय ९७ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकै देवकी मल्लले १६ हजार सात सय ४३ मत प्राप्त गरी बिजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर सिंहले १४ हजार दुई सय ४२ मत प्राप्त गरेका छन् ।

बैतडी प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत प्राप्त गरे ।

प्रदेश सभा ‘क’मा माओबादी केन्द्रका प्रेम प्रकाश भट्ट ‘आदित्य’ले १८ हजार ९३ मत पाई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गरे ।

प्रदेश सभा ‘ख’मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका छन् । उनले २० हजार ३ सय १८ प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गरेका थिए ।

बाजुरा प्रतिनिधि सभाका लागि वाम गठबन्धनका लालबहादुर थापाले २८ हजार ६५ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कबिराज पण्डितले २३ हजार एक सय ८१ मत प्राप्त गरे ।

प्रदेश सभा ‘क’मा वाम गठबन्धनका बलदेव रेग्मीले ९ हजार ८ सय ४० मत ल्याई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार तीन सय ११ मत पाए ।

प्रदेश सभा ‘ख’मा वाम गठबन्धनकै प्रकाश शाहले १८ हजार एक सय ८६ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले १४ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् ।

२०७४ मंसिर २४

एमाले नेता झलनाथ खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

     
इलामको क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल विजयी भएका छन् ।
 
खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरे ।

त्यस्तै इलाम क्षेत्र नम्बर २ बाट पुर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेवाङ विजयी भएका छन् । नेवाङले ३६ हजार एक सय २४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका छन् । उनी यस क्षेत्र बाट चौथो पटक विजयी भएका हुन् ।

२०७४ मंसिर २४

राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित

रुपन्देही । रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् ।
 यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।
 
२०७४ मंसिर २४

पूर्णबहादुर खड्काको अपराजित यात्रामा विराम




काठमाडौं । संसदीय निर्वाचनमा अपराजित नेताको कांग्रेस नेता पूर्णबहादुर खड्का पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा खड्कालाई हराउँदै एमालेका ध्रुब शाही विजयी भएका छन् ।
 
योसँगै खड्काको अपराजित यात्रमा पूर्णबिराम लागेको छ । कांग्रेसका पूर्व गृहमन्त्री रहेका खड्का ३३ हजार ३ सय ७७ ल्याउँदा विजयी उम्मेदवार शाहीले ३६ हजार ८५९ मत पाए ।

खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आएका थिए । ०६४को संविधानसभा निर्वाचनमा भने उनी चुनाव नै लडेका थिएनन् ।

२०७४ मंसिर २४

पाल्पा २ मा सोमप्रसाद पाण्डे विजयी




२४ मंसिर, तानसेन पाल्पा प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट एमाले नेता सोमप्रसाद पाण्डे निर्वाचित भएका छन् । पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३४५ मतअन्तरले हराए । पाण्डे ३४ हजार ८९९ मतसहित विजयी हुँदा कांग्रेसका नेपाल २४ हजार ५५४ मतमा रोकिए ।

प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए ।

क्षेत्रनम्बर २ ‘ख’मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर ‘बसन्त’ १६ हजार ४२२ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेसका रामबहादुर कार्की ११ हजार ४९६ मत ल्याए ।     अनलाइन खबरबाट

२०७४ मंसिर २४ 
 

गुल्मीमा प्रदीप ज्ञवालीको कमव्याक, क्षेत्र नं. १ बाट निर्वाचित

गुल्मी ।  गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए ।

ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । ज्ञवाली दोस्रो संविधानसभामा  भण्डारीसँगै पराजित भएका थिए । त्यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा माओवादीका सुदर्शन बराल निर्वाचित भएका छन् । बरालले १७ हजार ९ सय १० मत ल्याएर बिजयी भएका हुन् । बरालसँग कांग्रेसका पृथ फौजदारले १३ हजार २ सय ९९ मत ल्याएर पराजित भए ।

त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेका कमलराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर विजयी भए । श्रेष्ठसँग कांग्रेसका धनेन्द्र कार्की १६ हजार ३ सय ७३ मत ल्याए । गुल्मीमा ०५१ साल पछि पुनः वामपन्थीमय बनेको छ । क्षेत्रनम्बर २ बाट शनिबारै गोकर्ण विष्ट निर्वाचित भएका थिए ।

२०७४ मंसिर २४

झापामा बामगठबन्धनको बिजयी सुरुवात

झापाको पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका उमेद्वार फराकिलो अन्तरले विजयी भएका छन् । गठबन्धनका उमेद्वार रहेका नेकपा एमालेका एलपी साँवा  ४३ हजार ५ सय १५ मत प्राप्त गरि विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरे। कुल १ लाख ९ हजार ३ सय ९१ मतदाता रहेको सो क्षेत्रमा ७७ हजार ३ सय २५ मत खसेको थियो । साँवा २०७० सालको संविधान सभा निर्वाचनमा झिनो मतले नेपाली काँग्रेसका केशव कुमार बुढाथोकीसँग पराजित भएका थिए । उनी बैदेशिक रोजगार व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन् ।


२०७४ मंसिर २४

Monday, December 4, 2017

डा. खगेन्द्र पाण्डव अधिकारीकाे प्रश्नः ‘अरुलाई टुरिष्ट देख्ने केपी ओलीले आफूले अाफैँलार्इ चाहिँ किन टुरिष्ट देख्दैनन्?’

उत्तम रिजाल, झापा  नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा तर्फका उमेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले अरुलाई ‘टुरिष्ट’ देख्ने केपी शर्मा ओली आफैँ टुरिष्ट भएको बताएका छन्।

विशेष संवाद गर्दै अधिकारीले भने, ‘कैलालीमा डा. आरजु राणा देउवालाई टुरिष्ट देख्ने, यसै क्षेत्रमा चुनाव लड्दा गोपाल किराँतीलाई टुरिष्ट देख्ने, वाम गठबन्धन बाहेकका अन्य उमेदवारलाई टुरिष्ट देख्ने केपी ओली आँफै टुरिष्ट हुन्।’

कांग्रेस नेता अधिकारीले अाेली तेह्रथुमबाट पृथ्वीनगरमा आएकाे उल्लेख गर्दै बसाइँ सरेर फेरि पछि दमक आएकाे बताए। उनले अाेली अहिले भक्तपुरबासी भएकाे टिप्पणी गरेका छन्। ‘उनी चाँहि कसरी याे ठाउँका स्थानीय भए म अचम्ममा परेको छु,’ अधिकारीले ओली दमकबाट भक्तपुर बसाइँ सरिसकेको र उनी २१ गतेको निर्वाचनमा भक्तपुरको बाल्कोटबाट भोट हाल्न उतै गइसकेकाले अरुलाई टुरिष्ट देख्ने उनका आँखाले आफूँलाई चाँहि किन देखेन भनेर प्रतिप्रश्न गरे। 

अधिकारीले वाम गठबन्धनबाट उमेदवारी दिएका अन्य जिल्लाका नेतालाई ओली भोट माग्दै हिँडेको देख्दा अचम्म लागेको पनि बताए। अधिकारीले नेपाली नागरिक देशको जुनसुकै क्षेत्रबाट लड्ने अधिकार भएको पनि बताए। सरकारको नोकरबाट जनताको नोकर हुन आफूँले उमेदवारी दिएको जनाउँदै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई भोट दिन पनि अधिकारीले अपिल गरेका छन्। 

उनले अहिले लोकतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको पनि दावी गरे। अधिकारीले मुलुक अधिनायकवादतर्फ जानबाट रोक्न लोकतन्त्र पक्षधरहरु एक हुने बेला आएको उल्लेख गरे। अधिकारीले आफू यसै क्षेत्रको स्थायी बासिन्दा भएको र यहाँको हरेक विषय वस्तुको जानकार भएको पनि बताएका छन्।

उनले आदिवासीहरुको चिहान भत्काएर आदिबासी रंगशाला बनाउन गरिएको सहमति तोड्दै हजारौं आदिबासीहरुको अपमान गर्ने ओलीलाई यस क्षेत्रका जनताले चिनिसकेको र त्यसको सजाय मंसिर २१ गते मतपत्रबाट दिने बताएका छन्।

एक लाख ३७ हजार मतदाता रहेको झापा क्षेत्र नम्बर–५ मा ९५ हजार मत खस्ने आँकलन गरेका अधिकारीले आफूले ५० हजार मत ल्याएर जीत हात पार्ने दावी समेत गरेका छन्।

२०७४,मंसिर १८

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...